+
+

हेटौँडा–कुलेखानी राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ८ गते ८:०१

pahiro1८ साउन, हेटौँडा । गएराति परेको वर्षाले हेटौँडा–कुलेखानी राजमार्गअन्तर्गत सिस्नेरी–४ अमलडाँडा र थाखेल सडकखण्डको सुकौरामा पहिरो पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान ४ बजे गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि हेटौँडाबाट काठमाडौँतर्फ आउने सवारी साधन त्रिभुवन राजपथबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मौसम अनुकूल भएमा आज अपराह्नबाट सिस्नेरी र थाखेलको यातायात सेवा सञ्चालन हुने सक्ने अनुमान गरिएको छ । यस सडक खण्डमा दैनिक ८०० सवारी साधान आवतजावत हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?