+
+

सिरिया युद्धको एक तस्वीर, जसले विश्वलाई आश्चर्यमा पारेको छ

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ३ गते ०:१०

Young Syrian boy Omran Daqneesh, aged five, was injured during airstrikes in Aleppo, Photo AP

२ भदौ, काठमाडौं । युद्ध आफैंमा अप्रिय शब्द हो । र, सिरियामा चलिरहेको गृहयुद्धले मानिसहरुको जीवन कसरी बर्बाद बनाइरहेको छ भने यो एक तस्वीरले देखाएको छ ।

एम्बुलेन्सको सिटमा एक्लै बसिरहेका बालक पाँच वर्षका छन् । र, उनको गृहनगर एलप्पोमा भएको हवाई कारबाहीमा उनी घाइते भएका हुन् ।

उनका अभिभावकको अवस्था थाहा छैन । हवाई कारबाहीका क्रममा उनको घर ध्वस्त हुँदा उनी त्यहीँ थिए । घर भत्किँदा उडेको धुलो उनको शरीरमा अझै छ । उनी घाइते पनि छन् ।

भिडियो फुटेजमा उनी रोएका छैनन् । तर, अस्पतालमा जान प्रतिक्षारत जस्ता देखिएका छन् ।

सिरियामा जारी गृहयुद्धमा उनी जस्ता धेरै बालक घाइतेमात्र भएका छैनन्, ज्यान नै गुमाएका छन् । तर, यो तस्वीरले विश्वको ध्यान तानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?