‘१४ औं मिस टिन नेपाल-२०१६’ को उपाधी काठमाण्डौकी जस्मिन खड्काले जितेकी छिन् । काठमाण्डौ जेसिसद्धारा मंगलबार कमलादी स्थित प्रज्ञा भवनमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनले मिस टिन नेपाल-२०१६को उपाधि जितेकी हुन् । शिर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गरिन् ।
काठमाण्डौकी १८ बषिर्या उर्जा नेवा ‘फस्ट रनर अप’ भइन् भने उर्जाले ‘मिस डिसिप्लीङ’ को उपाधि समेत प्राप्त गरिन् । ‘सेकेन्डर रनर अप’को उपाधि १८ बर्षकी अनुष्का अधिकारीले हासिल गरिन् । अनुष्काले पनि उपाधिसँगै विभिन्न उपहार पाईन् ।
‘मिस प|mेण्डसिप’को उपाधि अनु सुवेदीले पाईन् भने ‘मिस भिवर्स च्वाईस’को उपाधि रेजिना डीसीले हात पारिन् । ‘बेस्ट ड्रेस’को अवार्ड तृषा श्रेष्ठले जितिन् भने ‘मिस पर्सनालिटी’को अवार्ड प्रमु गुरुङले हात पारिन् । यस्तै ‘मिस पब्लिक च्वाईस्’ को उपाधि ऋतिका शाक्य र ‘मिस ट्यालेन्ट’को उपाधि सृष्टी अधिकारीले प्राप्त गरिन् ।
प्रतिक्रिया 4