+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दशैंका लागि तराईका खसी, हिमालका च्याङ्ग्रा (फोटोफिचर)

कविन अधिकारी कविन अधिकारी
२०७३ असोज १६ गते १८:०६

Dashain Chyangra (2)

१६ असोज काठमाडौं । दशैंलाई मीठो खाने र राम्रो लगाउने पर्वका रुपमा मनाइन्छ । मांसाहारी वर्गका मानिसले लागि दशैंमा मासुका परिकारको विशेष महत्व दिन्छन् ।

दशैंमा प्रमुख रुपमा खसीबोकाको मासु नै खोज्ने गरिन्छ । मासुका पारखीहरुलाई लक्षित गरी सरकार र ब्यापारीहरुले काठमाडौंमा खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन् । पछिल्लो समयमा दशैंमा च्याङ्ग्राको मासु खान खोज्नेहरु बढ्दै छन् ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल खाद्य संस्थानले काठमाडौंमा हिमाली च्याङ्ग्रा र तराइका खसी भित्र्याएको छ । र, आजै आइतबारदेखि बिक्री पनि सुरु गरेको छ ।

Dashain Chyangra (4)

संस्थानको थापाथलीमा रहेको बाग्मती अञ्चल गोदाम परिसरमा च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि राखिएका छन् ।

संस्थानले २५ केजीसम्मका खसीबोका प्रतिकेजी ४ सय ४० रुपैयाँ तोकेको छ । २५ केजीभन्दा माथिका खसीबोका प्रतिकेजी ४ सय ५० र च्याङ्ग्रा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्य निर्धारण गरेर विक्री सुरु गरेको हो ।

Dashain Chyangra (3)

संस्थानले यो वर्ष १ हजार ५ सय खसीबोका र १ हजार ५ सय च्याङ्ग्रा बिक्री गर्ने बताएको छ । संस्थानले उपभोक्तालाई बिक्री गरेका च्याङग्रा मुस्ताङबाट तथा खसीबोका हेटौंडाबाट ल्याइएका हुन् ।

खसीबोका र च्याङ्ग्रा किन्नेको दिउँसो थापाथलीमा लाइन थियो ।

Khasi

Chyangra

Dashain Chyangra

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?