बलिउड नायिका सोनम कपुर आफ्नो स्पष्ट बोल्ने बानी र पहिरनका कारण चर्चामा रहन्छिन् । सोनमले हालै मात्र आफ्नो भाइलाई कन्डोम प्रयोग गर्न सुझाव दिएर चर्चा पाएकी थिइन् । अब, उनै सोनमले एक नयाँ खुलासा गरेकी छिन्, जसलाई सुनेर जोपनि छक्क पर्न सक्छन् ।
नायिका नेहा धुपियाको नयाँ च्याट शो ‘नो फिल्टर नेहा’मा पुगेकी सोनमले आफ्नो व्यक्तिगत जीवनको बारेमा खुलेरै कुरा गरेकी छिन् । सोनमले आफू अहिले सिंगल रहेको र कुनै पनि पुरुषसँग डेट नगरेको खुलाएकी छिन् ।
यतिमात्र होइन, उनले सबै को-स्टारहरु राम्रो भएको बताउँदै उनीहरुसँग डेट गर्नुको अर्थ चलचित्रको बारेमा कुरा गर्नु रहेको र आफूले त्यसो गर्न नसक्ने बताएकी छिन् । उनले आफू कुनै पनि नायकसँग आकषिर्त नभएको पनि बताएकी छिन् ।
सोनमले अगाडि भनिन्-‘मेरो हरेक को-स्टारसँग राम्रो सम्बन्ध बन्छ । किनकी मैले कुनै पनि नायकसँग सेक्स सम्बन्ध राखेकी छैन ।’
प्रतिक्रिया 4