+
+

मलेसियामा एक नेपालीको मृत्यु

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७३ कात्तिक ३ गते १०:१९

क्वालालम्पुर । बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत एक नेपाली मजदूरको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

Death-bodyपाल्पा अर्गली गाविस वडा नम्बर ५ घर भई वालाकोनमा रहेको एक कम्पनीमा कार्यरत २६ बर्षीय केशवहादुर सोमैको सुतेकै अवस्थामा ज्यान गएको हो ।

दिनभरी साथीसँग घुमेका सोमै वेलुका खाना खाई करीव साढे ११ वजे तिर सुतेका थिए । विहान डिउटी जाने वेला हुँदा सम्मपनि नउठेपछि साथीहरुले उठाउने प्रयास गर्दा उनको मृत्यु भइसकेको बताइएको छ ।

रोजगारीको लागि उनी २७ महिना अगाडि मलेसिया आएका थिए । शवलाई पोसमार्टमको लागि स्थानीय सेरडाङ अस्पतालमा राखिएको छ । सोमैको श्रीमती एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?