+
+

जम्मु कश्मीरको गोलाबारीमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १७ गते १२:०२
gorkha-rifles-regiments
फाइल तस्वीर

१७ कात्तिक, काठमाडौं । जम्मु कश्मीरको सीमा रेखामा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

जम्मूका भारतीय सेनाका प्रवक्ता मनिस मेहताका अनुसार सोमबार राजोउरीमा भएको गोलाबारीमा एक सैनिक र एक महिलाको मृत्यु भएको हो । मृत्यु हुने सैनिकमा गोर्खा राईफल्समा कार्यरत सुनसरी धरानका २० वर्षीय बिमल तामाङ रहेको मेहताले बताएका छन् ।

भारतीय अधिकारीहरुका अनुसार १८ जनाको ज्यान जाने गरी भएको उरी घटनापछि जम्मु कश्मीरको नियन्त्रण रेखामा भएका गोलाबारीमा अहिलेस्म्म ८ सुरक्षाकर्मी र चार नागरिकको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?