बलिउड नायिका दीपिका पादुकोण र नायक रणबीर सिंहको सम्बन्धवारे धेरै पटक भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीहरुको प्रेम सम्बन्ध मात्रै हैन इन्गेजमेन्ट पनि भएको विषयमा समेत गसिप सार्वजनिक भैसकेको छ ।
यहि बेला उनीहरुको अर्को गसिप सार्वजनिक भएको छ । एउटा कारको शोरुम बाहिर दीपिका र रणबीर चुम्बन गर्दै गरेको अवस्थामा भेटिएका छन् । भारतवाट प्रकाशित स्टारडष्ट म्यागजिनमा उल्लेख भए अनुसार दीपिकाको घर नजिकै एक कार शोरुमको छेउमा उनीहरु चुम्बन गर्दैको अवस्थामा भेटिएका थिए ।
उनीहरु चुम्बनमा यति मस्त थिए कि आफ्ना वरीपरि को-को छन् भन्ने समेत बिर्सिए । त्यसो त केहि महिना अघि मात्रै यी दुइले भोग म्यागजिनका लागि फोटोशुट गराएका थिए । फोटोशुटमा पनि उनीहरु निकै नजिकिएको खबर सार्वजनिक भएको थियो ।
उनीहरुको सम्बन्ध बिगि्रएको र व्रेकअप भएको खबर पनि सार्वजनिक नभएका होइनन् । दुबै आयो समाचार सार्वजनिक भए लगत्तै दीपिकाले भनेकी थिइन् कि-‘रणबीर मेरो जीवनको महत्वपूर्ण हिस्सा हुन् र सधै महत्वपूर्ण नै हुनेछन् ।
प्रतिक्रिया 4