+
+

फिल्म खेल्दा माया बस्यो, रिलिज हुँदा छुट्यो नीता र आमेषको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १७ गते १०:३५

neeta-and-aamesh-love-chutyo
नायिका नीता ढुंगाना र नव-नायक आमेष भण्डारीलाई राखेर अहिले शहरका भित्तामा एउटा चलचित्रको पोष्टर टाँसिएको छ । सामान्य प्रचारका साथ आजबाट रिलिज भएको चलचित्र ‘त, म र उ’को पोष्टरमा आमेष र नीतालाई देखाइएको छ । निर्देशक लक्ष्क्षु गौतमले निर्देशन गरेको यो चलचित्रको प्रदर्शन मिति बारम्बार सर्दा सर्दै मंसिर १७ सम्म आइपुगेको हो ।

धेरैलाई थाहा नहुन सक्छ, यो चलचित्रको छायांकनको समयमा नै नीता र आमेषको प्रेम बसेको थियो । उनीहरु केहि बर्ष प्रेमको दुनियाँमा रमाए । यतिसम्म कि, प्रेम यात्रामा दौरानमा नीता र आमेष हेरक ठाउँमा एकसाथ पुग्थे । खाली समयमा, यी दुइको सेल्फीले फेसबकु रंगिन्थ्यो ।

तर, आजबाट यी दुइलाई नजिक ल्याएको चलचित्र रिलिज भएको छ । तर, अहिले नीता र आमेष एकसाथ छैनन् । चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को रिलिजपछि यी दुइको प्रेममा दुई धार देखियो ।

चलचित्रको प्रचारमा यी दुई देखिएनन् । जसले गर्दा पनि, चलचित्रलाई घाटा लागेको छ । चलचित्रकी निर्देशक कलाकारले साथ नदिएको भन्दै पत्रकार सम्मेलनमा आक्रोशित पनि भइन् । तर, यो चलचित्र चलेको दर्शकले पनि राम्रोसँग थाहा पाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?