+
+

एमालेलाई राप्रपाको आग्रहः संसद अवरुद्ध गरेर अतिवादीलाई फाइदा नपुर्‍याऊँ

संविधान संशोधन प्रस्तावमा राप्रपाले अपनत्व स्वीकार नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २४ गते १६:४४

leaders-of-rpp२४ मंसिर, काठमाडौं । नेकपा एमालेले व्यवस्थापिका संसद अवरुद्ध पारेर अतिवादीलाई सहयोग पुर्‍याइरहेको राप्रपाले निश्कर्ष निकालेको छ ।

शुक्रबार बसेको राप्रपा संसदीय दलको बैठकले एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरेको छ । हरेक समस्याको समाधान संसदबाटै खोजिनुपर्ने राप्रपाको सुझाव छ ।

संसदीय दलको बैठकमा संविधान संशोधन प्स्तावका सम्बन्धमा पार्टी अध्यक्ष कमल थापाले व्याख्या गरेका थिए । यसक्रममा उनले एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरेका हुन् ।

त्यसैगरी राप्रपाको बैठकले संविधान संशोधन प्रस्ताव दर्ता गर्नुपूर्व सरकारले आफूहरुसँग परामर्श नगरेको भन्दै राप्रपा अध्यक्ष थापाले यसमा अपनत्व लिन नसकिने बैठकमा बताएका छन् ।

यदि सर्वदलीय बैठक बोलाएर सरकारले यसबारे छलफल गराएमा आफूहरुले समाधानको उपाय दिन सक्ने अध्यक्ष थापाले बैठकमा बताएका छन् ।

राप्रपा अध्यक्ष थापाले संशोधन प्रस्तावका केही बुँदाहरु आपत्तिजनक रुहेको र यसले ५ नम्बर प्रदेशमा जटिल परिस्थितिसमेत उत्पन्न गराएको दलको बैठकमा बताएका छन् । तर, मधेसको समस्या समाधान गरिनुपर्नेमा राप्रपा अध्यक्ष थापाले जोड दिएका छन् ।

दलको बैठकमा पार्टी अध्यक्ष थापाले भनेको उधृत गर्दै दलका प्रमुख सचेतक दिलनाथ गिरीले अनलाइनखबरसँग भने- ‘हामी सत्तापक्षमै भए पनि संशोधन प्रस्तावमा हाम्रो रिजर्भेसन छ, यो प्रस्तावमा हामी अपनत्व स्वीकार गर्दैनौं ।’

यो समाचार पनि पढ्नुहोस्

दौरासुरुवाल नलगाई राप्रपाका सांसद व्यवस्थापिकामा छिर्न नपाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?