२७ पुस, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती नागरिकस्तरबाट बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सिंहदरवार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा बुधबार बिहान माल्यार्पण गरिएको छ ।
सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरु समेत सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नेहरुले आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वी जयन्तीको दिनलाई सार्वजनिक विदा नदिएको भन्दै सरकारको आलोचना गरे ।
आ-आफ्नो जातीय पहिरन र झाँकीसहित कार्यक्रममा सहभागी भएकाहरुले राष्ट्रिय झण्डा बोकेका थिए । नेपाल प्रहरीको ब्याण्ड बाजाको टोली पनि कार्यक्रममा सहभागी थियो । कार्यक्रमका कारण यातायात आवागमन प्रभावित भएको थियो ।
तस्वीर: विकास श्रेष्ठ र कविन अधिकारी/अनलाइनखबर
प्रतिक्रिया 4