+
+

स्ववियु चुनावमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ४ गते १८:२१

४ फागुन, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु)को चुनावका लागि सुरक्षा व्यवस्था मिलाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

फागुन २४ गतेका लागि निर्धारण गरिएको स्ववियु चुनावमा अख्तियार गर्नुपर्ने सुरक्षाका बिषयमा छलफल गर्न आयोजित कार्यक्रममा गृहमन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

छलफलमा तीनवटै सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, त्रिविका उपकुलपति, रेक्टर, रजिष्ट्रार र उपत्यकाका क्याम्पस प्रमुखहरुको उपस्थिति थियो ।

गृहमन्त्री निधिले स्ववियु चुनावका लागि राजनीतिक तहमा छलफल भएको भन्दै मधेसी मोर्चाका नेताहरुसँग समेत यस बिषयमा पर्याप्त छलफल भएको जानकारी दिए ।

छलफल कार्यक्रममा केही क्याम्पस प्रमुखहरुले सुरक्षा चुनौती रहेको भन्दै चुनावलाई केही दिन पर सारेर जानुपर्ने सुझाव राखेका थिए । तर, गृहमन्त्री निधिले भने तोकिएको चुनाव सार्नु राजनीतिक र शैक्षिक हिसाबले पनि उपयुक्त नहुने बताएका छन् ।

त्रिवि उपकुलपति डा. तीर्थ खनियाले तोकिएको मितिमै चुनाव गराउनु पर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्  

लम्की बहुमुखी क्याम्पसका प्रमुख र उपप्रमुखको ‘अपहरण’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?