१९ फागुन, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले काठमाडौ नयाँसडकमा आफ्नो १९ औं शाखा कार्यालय स्थापना गरी बीमा सम्वन्धी सम्पूर्ण कारोवार शुरु गरेको छ । सञ्चालनमा ल्याएको नयाँ शाखाको बुधबार आयोजित एक समारोहकाबीच बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले उद्घाटन् गरे ।
उद्घाटनको अवसरमा आयोजित समारोहमा आफ्नो मन्तव्य राख्दै अध्यक्ष चापागाँईले बीमा कम्पनीहरुले आफ्नो दायरा फराकिलो बनाउँदै नयाँ/नयाँ बीमा सेवाहरु प्रदान गर्न सुझाव दिए । उनले हालसम्म जनसंख्याको ५/७ प्रतिशत जनताले मात्र बीमा सेवा पुगेकोले दुर्गम क्षेत्र लगायतमा सेवा बिस्तार गरि बीमा सेवाको दायरामा बाँकी जनताहरुमा ल्याउन पनि उनले आग्रह गरे । ।
सोही कार्यक्रममा कम्पनीका उपाध्यक्ष राजेन्न्द्र मल्लले शाखा कार्यालय स्थापनाबाट यस क्षेत्रका ग्राहकवर्गहरुलाई प्रभावकारी रुपमा स्तरिय सेवा सुविधा प्रदान गर्ने बताए । उनले आगामी दिनमा कम्पनीको पूँजी बृद्धि गर्दै लैजाने योजना अनुरुप ५० प्रतिशत हकप्रद सेयर (३८ करोड ५० लाख) को निस्काशनको प्रकृया अन्तिम चरणमा रहेको बताए ।
आगामी आवको अन्त्यसम्ममा कम्पनीको चुक्ता पूंजी १ अर्ब पुर्याउने कम्पनीको योजना रहेको मल्लले जानकारी दिए । हाल कम्पनीको रिजर्भमा ३५ करोड रहेको छ । कम्पनीले ५ वटा कृषि शाखाहरुबाट कृषि बीमा बढाउँदै लैजाने योजना बनाएको छ ।