+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

स्वागतका लागि तयार छ लाङटाङ (फोटो फिचर)

भरतबन्धु थापा भरतबन्धु थापा
२०७३ फागुन २१ गते १५:२२

बैशाख १२ को विनाशकारी भूकम्पले सौदर्य लुटेको लाङटाङ फेरि पुनरागमनको प्रयासमा छ । भूकम्प गएको दुई वर्ष नपुग्दा लाङटाङ फेरि विदेशीसँगै स्वदेशी पर्यटकहरुलाई स्वागत गर्न तयार देखिएको छ ।

लाङटाङ हिमाल उसैगरी हाँसिरहेको छ, जसरी भूकम्प अघि हाँसिरहेको हुन्थ्यो । गणेश हिमाल श्रृखला अनि ग्लासियरको चमक पनि उस्तै छ ।

भूकम्पले तहस नहस बनाएको लाङटाङ गाउँ त अहिले छैन । तर, लाङटाङबासीले हार मानेका छैनन् । टुट्ट लागेको शहर पुनरागमन गर्दैछ ।

त्यसैले न्यूयोर्क टाइम्सले पनि २०१७ मा घुम्नै पर्ने ठाउँहरुको सूचीमा लाङटाङलाई राखेको थियो । उसले भनेको थियो, पर्यटनलाई पुनर्जीवित गर्ने प्रयासमा पर्यटकहरुका लागि अफर छ, उच्च हिमाली भूभाग, पुराना गाउँ हेर्न सकिनेछ ।’

राजधानीबाट नजिकै तथा ६ दिनमा क्यानजेन भ्याली पुगेर फर्किन सकिने भएकाले पनि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्छ ।

क्याजेन भ्यालीमा ७ सय बर्ष पुरानो क्यानजेन गुम्बा पनि छ । यही गुम्बाको नामबाट नै यो भ्यालीको नाम रहन गएको हो । गुम्बा बाहिरबाट हेर्दा जति जिर्ण देखिन्छ, भित्र हेर्दा त्यति नै मनमोहक रहेको छ ।

टानका महासचिव कर्ण लामाले लाङटाङ पदयात्रामा भूकम्पले जति क्षति भएको हो, त्यसभन्दा बढी प्रचार प्रसार भएकाले अन्तराष्टिय जगतमा नकरात्मक असर परेको र पर्यटकको आगमन निकै न्यून भएको बताउँछन् ।

उनले भने, बाटोघाटो केही समस्या आएको थियो तर, अहिले समस्या छैन । टान लगायत पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्थाहरुले झण्डै एक करोड ५० लाख खर्च गरे पदयात्राका बाटाहरु ब्ानाउने कार्य लगभग सकाएका छन् ।’

लाङटाङ पदयात्राका हिसाबले सुरक्षित रहेको भन्दै उनले यही सन्देश दिन आगामी अपि्रल २५ मा लाङटाङ अन्तर्राष्ट्रिय दौड प्रतियोगिता गर्न लागेका बताए ।



लेखक
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?