+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तस्वीरमा हेर्नुस् नेपाली भूमिमा भारतीय एसएसबीको दादागिरी

दीपक उपाध्याय दीपक उपाध्याय
२०७३ फागुन २६ गते १७:०९

२६ फागुन, काठमाडौं । आफ्नै भूमिमा बिकास निर्माण गर्न भारतीय सीमा सुरक्षाबलले रोकेपछि कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आनन्दबजारमा भएको विवादले चरम रुप लिँदा एक नेपालीले ज्यान गुमाउनुपर्‍यो ।

बिहीबार दिउँसोको झडपमा भारतीय प्रहरीले चलाएको गोलीबाट ३० वर्षीय स्थानीय गोविन्द गौतमको मृत्यु भएपछि स्थिति तनावग्रस्त छ ।

स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मीसहित घटनास्थल पुगेका कञ्चनपुर प्रहरीका एसपी प्रकाश चन्दले भारतीय पक्षसँग छलफल गरी वार्ताको पहल गरेका छन् । उनले भारतीय पक्षलाई उच्चस्तरीय टोली बनाउन र नेपाली पक्षबाट पनि क्षेत्रीय प्रशासकको नेतृत्वमा वार्ताटोली आउने बताएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र सुदूरपश्चिमाञ्चलका क्षेत्रीय प्रशासक वार्ताका लागि केहिबेरमा आनन्दबजार पुग्दैछन् ।

प्रहरी थपिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २०० को हाराहारीमा नेपाली सुरक्षाकर्मीले आक्रोशित नेपाली भिडलाई साम्य बनाउने प्रयास गरेको थियो । पहिलो घेरामा प्रहरी र दोस्रो घेरामा सशस्त्र थिए ।

बुधबार साँझ एसएसवीका जवानहरुले नेपालीको घरमा छिरेर कुटपिट गरेपछि त्यसको बिरोधमा सीमा क्षेत्रमा पुगेका नेपाली र भारतीयबीच आज बिहानैदेखि झडप भएको हो ।

दशगजाबाट निक्कै वर, नेपाली भूमिमा कल्भर्ट बनाउन लाग्दा गुगल म्यापले भारतीय भूमि देखाएको भन्दै एसएसवीले रोकेपछि आनन्दबजारमा विवाद सुरु भएको हो ।

यी पनि पढ्नुस्

भारतीय हस्तक्षेपको प्रतिरोध गर्दै दशगजामा ढुंगा हानाहान (भिडियोसहित)

सीमा क्षेत्रमा झडप, एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु

नेपालीका घरमा पसेर भारतीयको लुटपाट, बाख्रासमेत छाडेनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?