+
+

महिलाले कसरी गर्ने  गोप्य अङ्गको सरसफाई ?

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २९ गते १२:०७

यौनाङ्ग एक संवेदनसिल भाग हो, जसको सरसफाइमा एकदमै ध्यान दिन जरुरी हुन्छ । कतिले हतारमा राम्ररी यसको सरसफाइ गर्दैनन्, कतिले वेवास्ता गर्छन् । कतिले नजानेर र कतिले जानेर पनि यौनाङ्को सफाइमा उति राम्रो बिधी अपनाउादैन । यसको नतिजा पछि देखापर्छ ।

यसले मुत्रनलीको संक्रमणदेखि यौनरोगको खतरा निम्त्याउाछ । साथसाथै मृगौलामा समेत असर पुग्छ ।

–     यौनाङ्गको सफाइ साबुन र सफा पानीले गर्नुपर्छ । यद्यपी धेरै सुगन्धित साबुनको प्रयोग उचित हुादैन ।

–     यौनाङ्गको रौं सफा गर्नुपर्छ, यसले पनि दुर्गन्ध वा संक्रमण हुनबाट बचाउाछ ।

–     यौनाङ्ग सफा गर्दा धेरै हतार नगरौं । बिस्तारै र सावधानीपूर्वक यसको सफाइ गर्नुपर्छ ।

–     हरेक पटक मुत्रत्याग गरिसकेपछि ट्वाइलेट टिस्यु पेपरे सफा गर्नुपर्छ ।

–     राती वा बिहान बेबी पाउडरको प्रयोग गर्न सकिन्छ । यसले यौनाङ्गको दुर्गन्ध हट्छ ।

–     यौनाङ्गलाई सकेसम्म सुख्खा र सफा राख्नुपर्छ । ओसिलो बनाएर राख्नु हुादैन ।

सावधानी

–     यौनाङ्गको भित्रैसम्म धुनुपर्छ भन्ने छैन । मासिक श्रावको बेला बगेको रगत सफा गर्दा पनि भित्रैसम्म सफा गर्नु आवश्यक छैन । किनभने त्यो प्राकृतिक रुपमा आफै सफा हुन्छ ।

–     यौनाङ्गको दुर्गन्ध हटाउनका लागि स्प्रेको प्रयोग नगरौं , यसले यौनाङ्गको प्राकृतिक ब्याक्टेरियल सन्तुलन बिगार्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?