+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पोखरामा कविता कन्सर्ट हुँदै

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ चैत २३ गते १८:१७

२३ चैत, पोखरा । पोखरामा आगामी बैशाख २ गते कविता कन्सर्ट हुने भएको छ । कविता कन्सर्ट पब्लिक इभेन्टको आयोजनामा फरक सोचका साथ अघिल्लो वर्षदेखि यो कार्यक्रम सुरु भएको हो ।

कन्सर्ट बाजेको सेकुवा पार्टी प्यालेस एण्ड रेष्टुरेण्टको सभाहलमा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कवितालाई व्यावसायिक बनाउने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको पब्लिक इभेन्ट संयोजक सञ्जय मल्लले बताए । ‘कविता साहित्यमा संगीतको प्रयोगले स्थापित कविता विधाले छलाङ नमारे पनि केही टेवा पुग्छ भन्ने हाम्रो विश्वास छ’, उनले भने, ‘यसले कवितालाई व्यावसायिकता प्रदान गर्न पनि सघाउँछ ।’

कन्सर्टमा चर्चित तीन कविहरु विप्लव ढकाल, उपेन्द्र सुब्बा र मोमिला जोशीले कविता वाचन गर्नेछन् । यसका साथै कार्यक्रममा गायक कर्ण दास, लोचन भट्टराई र इतु जोजिजुले कवितालाई संगीतबद्ध गरी गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम संयोजक उपेन्द्र पौडेलले बताए । पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कविहरुको रचनालाई गायक-गायिकाहरुले गायनमा प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?