Comments Add Comment

सिंहदरबारको भित्री तस्वीरः भूकम्पको दुई वर्षपछि यस्तो देखियो (फोटो कथा)

६ बैशाख, काठमाडौं । दुई वर्ष अघि १२ बैशाखमा आएको विनाशकारी भूकम्पले सिंहदरबारलाई पनि नराम्ररी हल्लायो ।

राणाकालीन दरबारका रुपमा रहेको सिंहदरबारको मुख्य भवन अर्थात स्टेट हल रहेको पश्चिमको ठूलो दरबार क्षतिग्रस्त भयो । त्यहाँ रहेको प्रधानमन्त्री कार्यालय अन्यत्र सार्नुपर्‍यो । तर, सिंहदरबार भत्काएर नयाँ बनाउने कि रेट्रोफिटिङ गर्ने भन्ने निर्णयमा पुग्न झण्डै दुई वर्ष लाग्यो ।

पछिल्लो पटक रेट्रोफिटिङ गर्ने योजना बनेको छ । तर, अहिलेसम्म बाहिर देख्नु बाहेक सिंहदरबारको मुख्य भवनमा के कति क्षति भएको छ भन्ने सार्वजनिक भएको थिएन ।

बुधबार सिंहदरबारका महत्वपूर्ण कोठाहरु खोलिएको छ । भवनका भित्ताहरु चिराचिरा परेका छन् भने त्यहाँ रहेका टेबल, कुर्सी, कार्पेट लगायतका सबै बस्तु त्यत्तिकै अलपत्र छाडिएको रहेछ जसमा बाक्लो धुलो जमिसकेको छ ।

रेट्रोफिटिङका लागि अध्ययन गर्न पुगेको पुनर्निर्माण प्राधिकरणको टोलीसँगै त्यहाँ पुगेर हामीले केही तस्वीर कैद गरेका छौं, जसले भूकम्पका कारण सिंहदरबारको मुख्य भवनमा पुगेको क्षतिलाई देखाउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment