१४ वैशाख, काठमाडौं । धादिङमा पनि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुने भएको छ ।
दुई दलबीच चुनावी तालमेलको नीतिगत सहमति भएको माओवादी नेता सालिकराम जम्मरकट्टेलले अनलाइनखबरलाई बताए ।
धादिङमा दुई नगरपालिकासहित १३ स्थानीय तह छ । जसमध्ये ७ को प्रमुख कांग्रेस र ६ को प्रमुख माओवादीले लिने सहमति भएको छ । एक दलले स्थानीय तह प्रमुख लिएको ठाउँमा अर्को दलले उपप्रमुख लिनेछ ।
जम्मरकट्टेलले भने, ‘कुन कुन स्थानीय तह भनेर अहिले छलफल भइरहेको छ । साँझसम्म टुंगो लाग्छ ।’