१९ बैशाख, ललितपुर । ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएको छ । माओवादी केन्द्रबाट मेयरमा दिनेश महर्जन दिपेशको उम्मेदवारी दर्ता भएको छ ।
दिपेश माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन् भने शाक्य केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।
माओवादीले उपमेयरमा मन्जली शाक्यलाई अघि सारेको थियो तर उनको नाम मतदाता नामावलीको सूचीमा नभेटिएपछि हसिना शाक्यलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।
यसैगरी राप्रपाका राजुकाजी प्रधानले मेयरमा र हरिकृष्ण व्यञ्जनकारले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
ललितपुर महानगरपालिकामा नेकपा माले र केही स्वतन्त्र उम्मेदवारको पनि उम्मेदवारी दर्ता भएको छ ।
ललितपुर महानगरपालिकामा नेकपा माले, राष्ट्रिय जनमुक्ति र केही स्वतन्त्र उम्मेदवारको पनि उम्मेदवारी दर्ता भएको छ ।
मालेको तर्फबाट मेयरमा मोहनराज शाक्य र उपमेयरमा लक्ष्मी कुमारी श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।
राष्ट्रिय जनमुक्तिको तर्फबाट रोशन महर्जनले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्रको तर्फबाट रमेश महर्जनले मेयरमा र शोभा शाक्यले उपमेयरमा उम्मेदवारी दर्ता गराएको ललितपुरबाट अनलाइनखबरकर्मी कविन अधिकारीले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4