+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

‘अपहरण’मा परेका नयाँ शक्तिका उम्मेदवार भेटिए, नाटक गरेको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २२ गते ११:२४

२२ वैशाख, काठमाडौं । अपहरणमा परेको भनिएका नयाँ शक्तिका उम्मेदवार ललितपुरको गोदाबरीमा भेटिएका छन् ।

नयाँ शक्तिले नागार्जुन नगरपालिका वडा. नम्बर ७ का वडाध्यक्ष मदन गिरी अपहरणमा परेको बताएको थियो । उनी शुक्रबार गोदावरीमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छबिलाल जोशीले बताए ।

प्रहरीले अपहरण काण्डबारे अनुसन्धान गरिएको छ । तर, चुनावमा चर्चामा आउन अपहरणको नाटक गरेको आशंका गरिएको छ ।

‘हामीले उहाँको राजनीतिक, आर्थिक, पारिवारिक सबै पक्षको अध्ययन गरिरहेका छौं’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘यो अपहरणको नाटक जस्तो मात्र देखिन्छ ।’

गिरीले चार जनाको समूहले आफूलाई अपहरण गरेको भन्दै एसएमएस गरेका थिए । लगतै प्रहरीले उनको खोजी थालेको थियो । तर, उनी अपहरणमा परेको नभई सम्पर्क बाहिर बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?