+
+
Shares

ज्वालामुखी गाउँपालिका धादिङका अध्यक्षमाथि आक्रमण, ७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ६ गते २३:१९

६ जेठ, धादिङबेसी । धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोद तिमिल्सिनामाथि सांघातिक आक्रमण भएको छ । आक्रमणबाट तिमल्सिनासहित सात जना घाइते भएका छन् ।

विजय जुलुसबाट फर्किरहेका बेला एमाले कार्यकर्ताहरुले घेरा हालेर आक्रमण गरेको घाइतेहरुले बताएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेसी ल्याइदै छ ।

कांग्रेस धादिङका सचिवसमेत रहेका तिमिल्सिना एमाले उम्मेदवार रामप्रसाद अधिकारीलाई २४ मत अन्तरले पछि पार्दै ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी जानुका सिंखडा विजयी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?