+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चुनावी प्रचारको नयाँ शैली, राँगा लिएर उम्मेदवार गाउँ पसे !

गौरव पोखरेल गौरव पोखरेल
२०७४ जेठ २७ गते ९:४३

२७ जेठ, झापा । पछिल्लो समय चुनावी प्रचारका लागि नयाँ–नयाँ शैलीको प्रयोग भइरहेको छ । उम्मेदवारले सूचना, प्रविधिको पूर्ण रुपमा सदुपयोग गरिरहेका छन् । फेसबुक र यूट्यूब चुनावी प्रचारका लागि महत्वपूर्ण माध्यम बनेका छन् ।

तर, झापाको मेचीनगरमा भने नेकपा एमालेले चुनावी प्रचारका लागि राँगागाडीको प्रयोग गरेको छ । गाउँमा कृषिजन्य उत्पादन र सामाग्री ओसार पसार गर्न प्रयोग गरिने राँगा गाडी एमालेले चुनावी प्रचार अभियानमा प्रयोग गरेको हो ।

मेचीनगर–४ मा रहेको बाहुनडाँगी बजार आसपासका भित्री गाउँमा प्रचारका लागि राँगा गाडी प्रयोग गरिएको एमाले नगर निर्वाचन परिचालन कमिटीका संयोजक रामचन्द्र उप्रेतीले जानकारी दिए ।

उनका अनुसार ४ वटा राँगा गाडी लिएर उम्मेदवार गाउँ पसेका हुन् ।

एमालेका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुख पदका उम्मेद्वार विष्णु प्रसाईं, महिला नेतृ मीना पोखरेल उप्रेती, युवा नेता राजु कार्की, खेमराज पोखरेल, अर्जुनकुमार कार्कीलगायतका नेताहरु राँगा गाडी चढेर बाहुण्डाँगी पुग्दा सर्वसाधारणले आश्चर्य मानेका थिए ।

गाउँमा छिर्न गाउँकै शैलीमा राँगा गाडीमा चढेर यहाँका नेता मतदाताको भेटघाटमा निस्किएका हुन् । उनीहरुले पञ्चे बाजासहित चुनावी गीत बजाउँदै मतदातासँग नाँचगान समेत गरेका थिए ।

एमाले कार्यकर्ताले राँगाको टाउको र जिउमा सूर्यचिन्ह पेन्टिङ गरेका छन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?