३ असार, काठमाडौं । सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरुले अलगवादी नेता सिके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।
यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै पक्षले गरेका छन् ।
स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले संयोजक राउतसँग ठाकुर मात्र होइन, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरम अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतसँग पनि सहकार्यको प्रस्ताव राख्दै धेरैपटक लिखित प्रस्तावसमेत पठाएको दाबी गरे ।
चुनावक्रममा मधेसवादी दलबीच राउतलाई भेट्ने र चुनावमा पकड मजबुत गराउने प्रतिष्पर्धा नै रहेको संबद्ध स्रोतले बताएको भन्दै आजको अन्नपूर्ण पोस्ट दैनिकमा चिरञ्जीवी ढुंगानाले खबर लेखेका छन् ।
स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक महतोले भने, ‘हामीले राजपासँग मधेसको मुद्दामा क्लियर भएर आउनुहोस्, एक भएर अघि बढौं भन्ने प्रस्ताव गरेका छौं । उहाँहरु सत्ता स्वार्थका कारण क्लियर हुनुहुन्न ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4