+
+

नेपालगञ्जमा फोरमका मेयर उम्मेदवारमाथि आक्रमणको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १० गते १५:०१

१० असार, काठमाडौं । नेपालगञ्ज उपमहानगरमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट मेयरका उम्मेदवारमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

फोरम उम्मेदबार कमरुद्दीन राईनमाथि शुक्रबार राति दश बजे एमालेको पार्टी कार्यालय अगाडि आक्रमणको प्रयास भएको हो ।

मुखमा नकाप बाँधेर मोटरसाइकलमा आएको समूहले गाडीमा अन्धाधुन्ध ईट्टाले हान्दै राईमाथि आक्रमण गरेको फोरम नेपाल बाँके जनाएको छ । ईटा प्रहारबाट बा.९च ६५२९ नम्बरको गाडीका सीसाहरु फुटेका छन् । उम्मेदबार राईनलाई भने कुनै चोटपटक लागेको छैन ।

फोरम नेपालले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।

संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदबार राईनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले केन्द्रको सामूहिक योजनामा आफूमाथि आक्रमण भएको आरोप लगाएका छन् । उनले भने, ‘फोरमको चुनावी लोकपि्रयताले उनीहरु आत्तिएका छन् । त्यसैले ममाथि आक्रमणको प्रयास गरेका हुन् ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले घटनामा संलग्नको खोजी कार्य भइरहेको जनाइका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?