+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
७३ बलमा ४७ रन आवश्यक
विराटनगर किंग्स 2025
101/1 (7.5)
Shares

विद्यासुन्दरले भने- साझा बसको संख्या सयभन्दा बढी बनाउन तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १३ गते १६:१२

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेेयर विद्यासुन्दर शाक्यले साझा बसको संख्या एक सयभन्दा बढी बनाउन आफूहरु तयार रहेको बताएको छन् ।

साझा यातायातलाई नयाँ बस किन्न ५ करोड रुपैयाँ हस्तान्तरण गर्न आयोजित कार्याक्रममा शाक्यले अहिलेसम्म ४३ वटा बसका लागि महानगरपालिकाले सेयर लगानी गरेको बताउँदै स्मार्ट सिटी बनाउन स्मार्ट ट्रान्पोर्टेशनका लागि साझामार्फत थप लगानी गर्न महानर तयार रहेको बताए ।

‘हामी अब काठमाडौंमा साना सवारी विस्थापनतर्फ अघि बढेका छौं । त्यसैले यहाँ थप ट्याक्सी नथपियोस् भन्ने हाम्रो चाहाना छ’ शाक्यले भने,’साझाले ठूला बसको प्रवर्द्धनमा गरेको काम सराह्रनीय छ । त्यसैले साझाले अझै धेरै बस थपोस् भन्ने हाम्रो चहाना छ ।’

उनले २४ घण्टा नै महानगरलाई खुला राख्नुपर्ने भन्दै त्यसका लागि आवश्यक यातायातको ब्यवस्थापन साझाले गर्ने उनको भनाइ थियो ।

‘हामी यो राजधानीलाई २४ घण्टा नै खुला र जीवन्त राख्न चाहान्छौं’ शाक्यले भने,’अब रात्री शहरलाई प्रवर्द्धन गर्न हामीले सरकार, सुरक्षा निकाय र ब्यवसायीको पनि सहयोग लिनेछौं । रातीको समयमा बस चल्दा चढ्ने मान्छे आउने र घाटा नहुने ग्यारेन्टी भएर साझाले रातमा पनि सेवा दिनेछ ।’

मेेयर शाक्यले अहिले मेट्रो, मोनो, केबुलबार, भर्टिकल पार्किङलगायत सञ्चालन गर्न इच्छुक कम्पनीहरु महानगरमा विभिन्न प्रस्ताव लिएर आईरहेको भन्दै महानगरले समयमै उपयुक्त निर्णय लिएर आधुनिक यातायात प्रणालाीलाइर् काठमाडौंमा विकास गर्ने बताए ।

उनले अब महानगरको सबै सेवा स्मार्ट प्रणाली केन्द्रित हुने बताउँदै साझाका १० वटा बसमा भाडा तिर्न लगाईएको स्मार्ट कार्ड सिस्टम सबै बसमा विस्तार गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?