१८ असार, काठमाडौं । यति डेभलपमेन्ट बैंक र महालक्ष्मी बिकास बैंक गाभिएपछिको एकिकृत कारोबार आइतवारबाट सुरु भएको छ ।
यो सँगै नयाँ संस्था महालक्ष्मी बिकास बैंककै नामबाट सञ्चालनमा आउने भएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६२ करोड चुक्ता
पुँजी पुगेको छ । मर्जर अघि यतिको चुक्ता पुँजी १ अर्ब ३८ करोड र महालक्ष्मीको १ अर्ब १५ करोड रहेको थियो । यी दुई संस्थाले १ः१ अनुपातमा सेयर स्वाप रेसियो कायम गरेर मर्जर गरेका हुन् ।
मर्जरपछि बैंकको निक्षेप २४ अर्ब २१ करोड र कर्जा २० अर्ब २६ करोड पुगेको छ । बैंकको शाखा संख्या ६५ पुगेको छ । चालु आवको चैतमा यतिको नाफा २१ करोड ७१ लाख र महालक्ष्मीको २२ करोड ४ लाख रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4