३० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले यही मंगलवारबाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ ।
हालको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा रहने छैन् ।
यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ ।
त्यस्तै, सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल, साविकका याकहरुको सट्टामा वन्य याक राखिएको छ ।
यी नोटमा संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म रहेको छ ।