+
+

सदभावनाका संस्थापक महामन्त्री अन्सारी माओवादी केन्द्रमा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १३ गते १६:०४

१३ भदाै, जनकपुर । नेपाल सदभावना पार्टीका संस्थापक महामन्त्री अनिस सन्सारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जनकपुरमा भएको कार्यक्रममा माओवादीमा प्रवेश गर्दै नेता अन्सारीले देशको हित चाहने, जनताको मुक्ति चाहने र मधेशको हितमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको धारणा राखे ।

‘माओवादी केन्द्र नभएको भए यो देशमा गणतन्त्र नै आउने थिएन’, नेता अन्सारीले भने, ‘जनताले अधिकार पाउने थिएनन् र मुलुकको एकता पनि कठिन थियो ।’

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?