+
+
Shares

प्रदेश नम्बर २ मा एमाले पहिलो पार्टी बन्ने रघुवीर महासेठको उद्घोष

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १६ गते १७:०८

१६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले प्रदेश नम्बर २ मा एक्लै चुनाव लडेपनि पहिलो पार्टी हुने उदघोष गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा नेता महासेठले भने, ‘हामी तालमेल गरेपनि वा एक्लै चुनाव लडेपनि ४५ प्रतिशतभन्दा धेरै सिट जित्छौं र मधेसमा पहिलो पार्टी हुन्छौं ।’

असोज २ गतेको स्थानीय तहको चुनावमा कांग्रेससँग भने आफ्नो पार्टीले तालमेल नगर्ने उनले स्पष्ट पारे ।

पार्टीले आउने आइतबारसम्म १३६ वटै तहको उम्मेद्धवारको नाम टुँगो लगाउने समेत उनले जानकारी दिए । उनले थपे, ‘उम्मेद्धवार टुँगो लगाउने कुरामा हाम्रो पार्टीभित्र कुनै समस्या छैन, प्रायः धेरै ठाउँको निर्क्यौल भैसकेको छ, बाँकी हामी आईतबारसम्म टुँगो लगाउँछौं ।’

उनले कांग्रेस राष्ट्रिय नभइ क्षेत्रीय दल भएको अरोपसमेत लगाए । उनले भने, ‘कांग्रेस आफ्नो कारणले भन्दा पनि बाहृय शक्तिको इशारामा चलेको छ ।’ मधेशमा एमालेलाई निषेधको राजनीति गर्नेहरु जति नै सलबलाए पनि आफूहरु नतर्सिर्ने महासेठले चेतावनी दिए ।

उनले भने, ‘नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेका होलान्, तर एमाले तर्सिनेवाला छैन ।’ उनले अहिले मधेशमा राजपाको नाममा दिनभरि राजपा र बेलुका खाना खाने समयमा कांग्रेस हुनेहरुको हुल लागेकोसमेत आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?