
१९ भदौ, काठमाडौं । राउण्ड टेबल नेपालले आफ्नो १८ औं राष्ट्रिय वाषिर्क साधारणसभा पोखरामा सम्पन्न गरेको छ । राउण्ड टेबल नेपाल शुन्य खर्च संस्था हो जसबाट उसले उठाएको सम्पूर्ण रकम विद्यालय निर्माण र बालबालिकाको पठन पाठन निमित्त प्रयोग गर्ने गरिन्छ ।
उक्त साधारण सभामा जयन्त अग्रवाल आरटिएनको अध्ययक्ष पदमा निर्वाचित भए । नयाँ बोर्ड गठनअन्तर्गत रवि खेतान उपाध्यक्ष सौरभ केडिया सचिवमा अश्वनी बंसल कोषध्यक्षमा तथा अमित मोरे संपादक पदमा नियुक्त भएका छन् । निखिल जयसानी यस संस्थाका निर्वतमान अध्यक्ष हुन् ।
साधारणसभाको बैठक भारत, बंगलादेश, श्रीलंका तथा जर्मनीका अन्तर्राष्ट्रिय राउण्ड टेबल अन्र्तगतका सदस्यहरुको सहभागिता थियो । राउण्ड टेबल नेपाल एक सामाजिक उत्तरदायी संस्था हो, जस अन्र्तगत गरिब बालबालिकाहरुको लागी शैक्षिक पूर्वाधार निर्माणमा सकि्रय रहने गरेको छ ।
साथै यो संस्था अरु सामाजिक कार्य जस्तै रक्तदान कार्यक्रम, बाढीपहिरोमा परेकाहरुको उत्थान लगाएतका अरु विभिन्न कार्यमा सकि्रय छन् ।
प्रतिक्रिया 4