+
+
Shares

जर्मनीले बनायो दुनियाकै अग्लो बालुवा महल

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ३० गते ११:२९


भनिन्छ, बालुवामा घर बनाउन सकिँदैन । तर जर्मनीले चाहिँ बालुवामै दुनियाकै अग्लो महल बनाएर कीर्तिमान कायम गरेको छ ।

जर्मनीले बालुवाबाट मात्रै बनेको दुनियाको सबैभन्दा अग्लो स्मारक तयार गरेर भारतले यसअघि राखेको कीर्तिमान तोडेको छ ।

जर्मनीले तयार पारेको बालुवाको स्मारक १६.८ मिटर अग्लो छ । यसमा ३५ सय टन बालुवा प्रयोग गरिएको छ । कालिगढहरुले यो महल बनाउन झण्डै एक महिना लगाएका थिए । १ सय ६८ वटा ट्रकले एक हप्तासम्म बालुवा ओसारेका थिए ।

यही वर्ष फेब्रुअरीमा भारतीय कलाकार सुदर्शन पटनायकले १४.८४ मिटर अग्लो बालुवाको महल बनाएर कीर्तिमान राखेका थिए । उक्त कीर्तिमानलाई जर्मनीले तोडेको छ ।

गिनिज वल्र्ड रेकर्डस्का अधिकारीले लेजर प्रविधिको सहायताले उक्त महलको उचाई नापेपश्चात् त्यसलाई विश्वकै अग्लो बालुवाको महल घोषित गरे । उक्त स्मारकमा पिसाको ढल्केको धरहरालगायत विश्वका कैयन् पर्यटकीय स्थलका आकृतिहरु बनाइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?