८ असोज, महोत्तरी । स्थानीय तहको तेस्रो चरण अन्तर्गत महोत्तरीमा भएको चुनावको मतगणना सिकएको छ ।
१० नगरपालिका र ५ गाउँपालिकाका १३८ वडामा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ७२० पदको लागि कडा पतिस्पर्धा भएको थियो ।
महोत्तरीको अन्तिम परिणाम अनुसार राजपाले ७ प्रमुख, ९ उपप्रमुख र ३९ वडा जितेर पहिलो दल बनेको छ ।
यस्तै माओवादीले चार/चार वटा प्रमुख र २६ वडा जितेर दोस्रो भएको छ भने कांग्रेसले तीन जना प्रमुख र एक जना उपप्रमुखसहित ३७ वटा वडा जितेर तेस्रो भएको छ ।
महोत्तरीमा संघीय समाजवादी फोरम नेपालले एक/एक वटा प्रमुख र उपप्रमुखसहित २० वडा जितेको छ । एमाले भने जम्मा ८ वटा वडा मात्रै जितेर पाँचअ स्थानमा छ ।
महोत्तरीमा झन्डै ४२८९ उम्मेदवार निर्वाचनमा भाग लिएका थिए । तीन लाख ८४०९ मतदाता रहेको महोत्तरीमा ७३.३१ प्रतिशत मत अर्थात जुन एकलाख ९६ हजार ५५० खसेको थियो ।
कसले कति तह र वडा जिते
दल प्रमुख/उप-प्रमुख र वडाध्यक्ष
राजपा-७/९, ३९
माओवादी-४/४,२६
नेपाली काँग्रेस-३/१, ३७
संघीय फोरम-१/१,२०
एमाले-०/ ०, ८
स्वतन्त्र-०/०, ५
लोकतान्त्रिक फोरम-०/०, १
राप्रपा-०/० १
नयाँशक्ति-०/०,१
प्रतिक्रिया 4