+
+

तिहार र छठका लागि पाँच करोडको स्याउ आयात

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २६ गते १३:४५
फाइल तस्वीर

२६ असोज, मोरङ । तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् ।

फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ ।

पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजार खुद्रा पसल छन् । पूर्वाञ्चलको विभिन्न बजारलाई लक्षित गरेर विराटनगरको अधिकृत बिक्रेता नागेन्द्र ट्रेडर्सले आयात गरेको स्याउ बिक्री गर्दै आएको छ । भारतको हिमाञ्चल, कास्मिर र चीनबाट व्यापारीले स्याउ आयात गर्ने गरेका छन् ।

चिनियाँ स्याउको तुलनामा हिमाञ्चल प्रदेश र कास्मिरमा उत्पादन भएको स्याउ उपभोक्ताले बढी मन पराउने गरेका छन् । विराटनगर-६ स्थित केशलिया रोडमा स्याउको अधिकृत बिक्रेता नागेन्द्र टेड्रर्सका सञ्चालक नागेन्द्र दास अन्य समयको तुलनामा दशैँ, तिहार र छठ पर्वको बेलामा स्याउको माग बढी भएकाले बढी परिमाणमा आयात गरिएको बताउँछन् ।

इटहरी, धरान, विर्तामोड, विराटचौक, उर्लाबारी, इनरुवा, जनकपुरलगायत ठाउँमा दासले नै डिपो खोलेर स्याउ बिक्री गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?