+
+

आस्वा प्रणालीबाट हकप्रदमा आवेदन दिन सकिने, लिलामीमा उपत्यका बाहिरको सहभागिता

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १२ गते १७:२३


१२ कात्तिक, काठमाडौं । विक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका वाहिरवाट समेत आवेदन दिन सक्ने व्यवस्था गर्न धितोपत्र बोर्डले मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।

बोर्डले यसको लागि हकप्रदमा आस्वा प्रणाली (सेयरमा लगानी गरिने रकम बैंक खातामा नै रोक्का राख्ने प्रणाली) मार्फत लगानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

विक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका वाहिरका प्रमुख केन्द्रहरु विराटनगर, विरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीवाट आवेदन दिन सक्ने व्यवस्था गर्न पनि बोर्डले भनेको छ ।

बोर्डले मातहतका सबै निकायलाई समयमै त्रैमासिक प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?