+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पूर्व लडाकूलाई प्रचण्डको सम्वोधनः सुटुक्क दुःख हेर्न आउँछु

सुवास पण्डित सुवास पण्डित
२०७४ कात्तिक २४ गते १७:४८

२४ कात्तिक, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको बहुमतको सरकार नआउँदा पूर्व लडाूहरुका लागि केही गर्न नसकिएको बताएका छन् ।

कम्युनिष्टहरुको बहुमतको सरकार आएको हेर्ने र देख्ने समय धेरै टाढा नभएका भन्दै उनले आशावादी वन्न आग्रह पनि गरे ।

शक्तिखोरमा आयोजित पूर्व जनमुक्ति सेना संघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले देशका लागि बलिदान र योगदान गरेका पूर्व लडाकूहरुलाई अब वन्ने सरकारले उचित सहयोग गर्ने वचन दिए । ‘२-४ महिना हेर्नुस्, अनि थाहा पाउनुहुन्छ । हाम्रो वामपन्थी गठबन्धनको केन्द्र र प्रदेश सरकार बनेपछि हामी सबैको समस्या समाधान गर्छौ” प्रचण्डले भने ।

उनले अघि भने, ‘तपाईहरु पूर्व लडाकु, म पूर्व सुपि्रम कमाण्डर, हामीले सामान्य रुपमा मात्र तपाईहरुको समस्यालाई समाधान गर्न सकेका थियौं । अब कम्युनिष्ट सरकारले हामीलाई पनि सम्भिmयो भन्ने दिन आउनेछ ।’

पूर्व लडाकू मात्र होइन, घाइते, अपाङ्ग र बलिदानी दिएकाहरुको पनि सम्मान गर्न बाँकी रहेको प्रचण्डको भनाइ छ ।

सुटुक्क पूर्व लडाकूलाई भेट्न आउँछु

कार्यक्रममा प्रचण्डले पूर्व लडाकूहरुको बसाई, अवस्था र उनीहरुको घर हेर्न आफुलाई इच्छा भएको बताएका छन् । ‘ धेरै सुनेको छु, समस्याहरु छन् । मैले गर्न सकेको छैन’ भावुक हुँदै प्रचण्डले भने, ‘म तपाईहरुको घर हेर्न आउँछु । तपाईहरुको गाउँमा नभनिकन सुटुक्क आउँछु, अनि मात्र थाहा हुन्छ, तपाईहरुको अवस्था कस्तो छ, कसरी बस्नु भएको छ, के गर्दै हुनुहुन्छ ?’

उनले चुनाव अगाडि नै पूर्व लडाकूहरुका घर हेर्न आउने बताए ।

पूर्व लडाकुले भनेः प्रचण्ड जिताउँछौं

तत्कालिन जनमुक्ति सेना तेश्रो डिभिजन चितवनस्थित दिनेश रामजी स्मृति बि्रगेडकी कम्पनी सहकमाण्डर एवं पूर्व लडाकू गोमा तिमल्सीनाले प्रचण्ड चितवन ३ बाट उम्मेदवार बनेपछि खुसी भएको बताइन् । ‘आˆनो सुपि्रम कमाण्डर चितवनबाटै चुनाव लड्ने भएपछि खुशी नहुने कुरै भएन’ उनले भनिन्, ‘प्रचण्डले हाम्रो लागि नगर्नु भएको होइन, गर्न नदिइएको हो ।’

वाम गठबन्धनले बहुमतको सरकार बनेपछि आफूहरुको माग सम्बोधन हुने उनको विश्वास छ ।

उनी मात्र होइन, बासु स्मृती बि्रगेडकी बटालियन सहकमाण्डर हाल पूर्व लडाकू लक्ष्मी ढकालले देशको लागि अझै बलिदान दिन परेपनि पछि नहट्ने बताईन् । प्रचण्ड चितवनबाट विजयी हुनेमा उनी ढुक्क छिन् । ‘अब प्रचण्ड मात्र होइन, चितवनमा सबै वाम उम्मेदवारले जितेको सन्देश हामी पूर्व लडाकूहरु दिन चाहन्छौं” उनले भनिन् । बहुमतको कम्युनिष्ट सरकारले मात्र गरिब सर्वहाराको सम्वोधन हुने र देश समाजवाद तर्फ लम्कने उनको विश्वास छ ।

पूर्वी चितवनको कालिका नगरपालिका लगायत क्षेत्रमा करिव ४ सय पूर्व लडाकूहरु स्थायी रुपमा बस्दै आएका छन् । भूमिगत समयमा गजुरी जेल तोड्न सफल माओवादीका पूर्व लडाकु देवी प्रसाद ढकालले भने ‘खोला तर्‍यो, लौरो बिर्सियो जस्तो हामी पूर्व लडाकुहरुलाई भएको अवश्य हो ।’

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?