+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
४६ बलमा ८९ रन आवश्यक
चितवन राइनोज 2025
81/4 (12.2)
Shares

माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला कांग्रेस प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २६ गते १५:३४

२६ कात्तिक, काठमाडौं । चेलीबेटी बेचबिखनबिरुद्धको अभियानमा सक्रिय संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई पार्टीमा स्वागत गरे ।

चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको भन्दै पार्टी प्रवेश गरिन् ।

‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ पार्टी प्रवेशपछि कोइरालाले भनिन्, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?