+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

वामपन्थी नेताको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र भइरहेको छ: बादल

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ९ गते १६:१६

नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले विदेशीको षडयन्त्रमा प्रतिगामीहरुले बरिष्ठ नेताहरुको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।

उनले भने,’बम विष्फोट गराइरहेका छन्, सार्प सुटरहरु लगाएर मार्ने कोशिष भइरहेको छ, यहाँ बरिष्ठ बाम गठबन्धनका नेताहरुको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र भइरहेको छ ।’ उनले जतिसुकै विष्फोट वा हत्या गर्ने षडयन्त्र गरेपनि नेपाली जनताले त्यसलाई परास्त गर्ने उद्घोष गरे ।

नेता बादलले पुँजीवादीहरुले कयौं गरीबहरुको गर्भैमा हत्या गर्नेगरेको आरोप लगाए । बाम गठबन्धनलाई अधिनायकवादी देख्ने र रुन पनि पाईंदैन भन्ने पुँजीवादीहरुले गर्भैमा हत्या गरिरहेको भन्दै भने,’बामपन्थीहरुले वा कम्युनिष्टहरुको सरकार आयो भने अधिनायकवाद आउँछ भन्दै हल्ला गर्दैछन्, रुनपनि पाईंदैन भन्दैछन्, तर सत्य के हो भने ति पुँजीवादीहरुले हरेक दिन उपचार गर्न नपाएर, खान नपाएर, आराम गर्न नपाएर गरीबका गर्भैमा हत्या गरिरहेका छन् ।

अहिले पुँजीवादी सरकार हुँदा तस्कर, भ्रष्टाचारी र केहि दलालहरु मात्र खुशी र हाँस्न पाएको बताउँदै उनले बामपन्थीको सरकार आएपछि गरीब जनताले हाँस्न, नाच्न, रमाउन र खान पाउने बताए । उनले २५ वर्षभित्रमा बामपन्थी सरकारले नेपाललाई संसारकै सबैभन्दा समृद्ध, विकशित र धनी बनाउने दाबी गरे ।

बादलले एमाले र माओवादी केन्द्र मिलेपछि कांग्रेसले मानसिक सन्तुलन गुमाएर बर्बराउने गरेको टिप्पणी गरे । उनले भने,’हामी मिलेपछि प्रतिगामी कित्ताहरुमा ठूलो आतंक फैलिएको छ, त्रास फैलिएको छ, उनीहरुले मानसिक सन्तुलन गुमाएका छन्, र त उनीहरु भन्दैछन् बामपन्थीले अधिनायकवाद ल्याउँछ, रुन पनि पाईंदैन भनेर ।’ उनले नेपालमा चुनावपछि बामपन्थीको दुई तिहाईको सरकार बन्ने दाबी गर्दै उक्त सरकारले असमान सन्धी सम्झौता पुनरावलोकन गर्ने पनि बताए । बामपन्थीको नयाँ सरकार बनेपछि नेपाल नयाँ युगमा प्रवेश गर्ने बताए ।

नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखान सिंह गुरुङ ‘आभाष’को अध्यक्षतामा भएको कार्यक्रममा कास्की क्षेत्र नम्बर १ का प्रतिनीधि सभाका उम्मेद्वार खगराज अधिकारी, निर्वाचन परिचालन समितिका संयोजक प्रभा कोइराला र नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष दामोदर बैरागीलगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?