+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

पश्चिम रुकुमका दुई केन्द्रमा मंसिर १५ गते मतदान

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १२ गते १७:५२

१२ मंसिर, काठमाडौं । आइतबार भएको पहिलो चरणको निर्वाचनमा मतदान रद्द भएका पश्चिम रुकुमका दुई केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने भएको छ ।

निर्वाचन आयोगले पश्चिम रुकुमको बाफीकोट ५ स्थित रत्न मावि काँडा मतदान केन्द्र ‘क’ र आठवीसकोट नगरपालिका-११ स्थित नेपाल राष्ट्रिय मावि गत्तसैना केन्द्र ‘ख’मा शुक्रबार पुनः मतदान हुन लागेको हो ।

रत्न मावि काँडामा प्रतिनिधिसभातर्फ प्रत्यक्ष र राष्ट्रिय मावि गत्तसैनामा समानुपातिक प्रणालीतर्फको मतदान हुन लागेको हो ।

आयोगले रद्द भएका मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाई पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

साथै आयोगले निर्वाचन गराउने सन्दर्भमा मतपत्रबाहेकका मतदान सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालय, रुकुम पश्चिमलाई मिलाउन निर्देशन दिएको छ ।

आयोगले रद्द भएका मतदानसँग सम्बन्धित मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरका प्रतिनिधिसमेतको रोहवरमा खोली ती मतपेटिकामा रहेका मतपत्र आगो लगाई नष्ट गर्नसमेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?