२२ मंसिर, काठमाडौं । जुम्लाको प्रदेशसभा ‘क’मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नरेश भण्डारी विजयी भएका छन् ।
भण्डारीले कांग्रेसका राजुसिंह कठायतलाई चार हजार ३७ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
भण्डारीले १२ हजार ५७४ मत प्राप्त गरे भने कांग्रेसका कठायतले ८ हजार ५३७ मत ल्याएका छन् ।
विजयी भएका भण्डारी प्रदेश ६ का मुख्यमन्त्रीका दावेदार समेत हुन् । माओवादीको बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका भण्डारी कर्णालीका चर्चित नेता हुन् ।
जुम्लाको प्रदेश (ख) मा पनि वाम गठबन्धनबाट एमालेका पदमबहादुर रोकाय विजयी भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4