+
+

दैलेख-१ को प्रदेश(क) मा माओवादीका धर्मराज रेग्मी विजयी

लोकेन्द्र पौडेल  लोकेन्द्र पौडेल 
२०७४ मंसिर २३ गते १०:४२

२३ मंसिर, दैलेख । दैलेखको क्षेत्र नंम्बर १ को प्रदेशसभा ‘क’ मा माओवादी वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्रका धर्मराज रेग्मीले कांग्रेस दैलेखका जिल्ला सभापति कृष्ण वीसीलाई पराजित गर्दै विजयी भएका हुन् । उनी अधिबक्ता समेत हुन् ।

माओवादीका रेग्मीले १० हजार ३६१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका वीसीलले ८ हजार ७६४ मत ल्याएका छन् ।

०६४ सालको संविधानसभा चुनावमा पनि प्रतिस्पर्धा समेत गर्न नसकेको माओवादीले दैलेखमा जित हात पारेको हो ।

दैलेख जिल्ला पटकपटक माओवादीलाई निषेध गरिएको जिल्ला हो । दैलेखका अन्य दुई वटा प्रतिनिधिसभा र तीनवटा प्रदेशमा पनि वाम गठबन्धन(एमाले) का उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?