+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
९२ बलमा ९० रन आवश्यक
विराटनगर किंग्स 2025
58/0 (4.4)
Shares

काठमाडौंबाट बैंकहरुले पाउँछन बढि निक्षेप

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते १६:४८


२४ मंसिर, काठमाडौं । बैंकहरुको सञ्चालनको लागि प्रमूख पूँजी आधार निक्षेपमा काठमाडौंको बढि योगदान रहेको छ । राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७३/७४ को तथ्यांक अनुसार ८ प्रमूख शहरहरुमध्ये काठमाडौंको मात्रै ६८ प्रतिशत योगदान रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले काठमाडौंबाट १५ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको निक्षेप पाएका छन् । कुल २२ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेपमा त्यसपछि पोखरा, विराटनगरको हिस्सा धेरै छ । त्यस्तै, कर्जामा बढि प्रयोग हुने क्षेत्रमा पनि काठमाडौं अग्रस्थानमा छ ।

कुल १९ खर्ब ८१ अर्बमा काठमाडौमा मात्रै ५४ प्रतिशत रकम कर्जाको रुपमा खपत भएको छ । कर्जामा पनि काठमाडौंपछि विराटनगरबाट बढि माग देखिएको छ । औद्योगिक क्षेत्रमा गएको कर्जा २१ प्रतिशतले बढेर ६ खर्ब ३७ अर्ब पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?