+
+

प्रदेश ७ को राजधानी अत्तरिया, मुख्यमन्त्री सहमतिमाः लेखराज भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २७ गते १४:३८

२७ मंसिर, कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका माओवादी केन्द्रका सांसद लेखराज भट्टले प्रदेश नम्बर ७ को राजधानी कैलालीको अत्तरिया उपयुक्त हुने धारणा राखेका छन् ।

मतदातालाई धन्यवाद दिन आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै भट्टले भौगोलिक र पूर्वाधारको हिसावमा अत्तरिया नै प्रदेशको राजधानी उपयुक्त हुने बताए । यसका लागि आफूले पार्टीमा छलफल गर्नेसमेत उनले बताए ।

सात नम्बर प्रदेशको राजधानी डोटी कि धनगढी भन्ने विवाद भइरहेका बेला नेता भट्टले अत्तरियाको बिकल्प अघि सारेका हुन् ।

पूर्वमन्त्री भट्टले मुख्यमन्त्री पनि राजनीतिक सहमतिमा तोकिने जानकारी दिए । उनले वर्तमान काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्त गर्न लागेकोमा विरोध जनाउदै बाम गठबन्धनको दुई तिहाईको सरकार बन्ने निश्चित भइसकेका बेला काम चलाउ सरकारले दुरगामी किसिमका निर्णय गर्न नहुने कुरामा जोड दिए ।

नेता भट्टले तत्काल गर्नुपरे पनि राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

कैलाली ४ का नवनिर्वाचन सांसद भट्टले चुनावका बेला मतदातामाझ गरेका बाचा क्रमशः पूरा गर्दै जाने बताए । नेता भट्टले तत्काल गर्न सकिने योजना तत्काल गर्ने र तत्काल गर्न नसकिनेलाई मध्यकालीन र दिर्घकालीन योजना बनाएर पूरा गर्न आफू सदैव लागिपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?