९ पुस, रामेछाप । साहित्यकार एवं समाजसेवी जगदीश घिमिरेलाई सम्झदै नेपालका वरिष्ठ साहित्यकारहरु रामेछापको मन्थलीमा भेला भएका छन् ।
घिमिरेको जन्मथलो मन्थलीमा साहित्यकारहरु जमघट भएर मन्थलीको वातावारणनै साहित्यिक बनाए ।
जदीश घिमिरे प्रतिष्ठानले उनकै जन्मथलो मन्थलीमा अयोजना गरेको साहित्य सभामा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यहरुदेखि देशका चर्चित कवि तथा लेखकहरु मन्थलीमा जम्मा भएका हुन् ।
घिमिरेको स्मृतिमा मन्थलीमा अयोजना गरिएको साहित्य सभामा देशका झण्डै दुई दर्जन साहित्यकारहरु मन्थलीमा भेला भएका थिए ।
शुक्रबार बेलुका देखिनै मन्थलीमा जमघट भएका साहित्यकारहरुले नेपालको साहित्य तथा सामाजिक क्षेत्रमा जगदीश घिमिरेको योदानको मुक्त कण्ठले प्रशंसा गरेका छन् ।
मन्थलीमा इतिहाँसविद एवं प्राज्ञ दीनेशराज पन्त, प्राज्ञ ज्ञानु पाण्डे, कथाकारहरु मायाँ ठकुरी, पद्धमावती सिँह, भागिरथी श्रेष्ठ, साहित्यकार ज्ञानुवाकर पौडेले, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, डाक्टर सनदकुमार वस्ती, डाक्टर नवराज लम्साल, जीवनपाणि पोख्रेल, प्रेम ओली, रामबहादुर पहाडी, दिव्य गिरी, त्रीपुरा पौडेल, ठाकुर शर्मा, पत्रकार अमृता लम्साल मात्र हैन पूर्वमहिला बालबालिका तथा समाजकल्याण मन्त्री कमला पन्त लगायत भेला भएका छन् ।
कार्यक्रममा बोल्दै प्राज्ञ एवं इतिहाँसकार दीनेशराज पन्तले जगदीह घिमिरे साहित्य र समाज सेवामा विर्सन नसकिने नाम भएको बताए । प्राज्ञ ज्ञानुपाण्डेले घिमिरे वहुआयामिक व्यक्तित्व भएकोमा जोड दिइन् ।
जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष एवं जगदीश घिमिरेकी पत्नी दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्व महिला बालबालिका तथा समाजकल्याण मन्त्री कमला पन्थले रामेछाप जिल्ला सामाजिक संस्था मार्फत समुदायमा भएको परिवर्तन पढ्ने खुल्ला विश्वविद्यालय भएको र त्यो विद्यलायको जग जगदीश घिमिरेले राखेको बताइन् ।
उनले घिमिरेको साहित्य, समाज सेवा र राजनीतिक सुधारको लागि महत्वपूर्ण योगदान रहेको बताइन् ।
शुक्रबार साँझदेखिनै शनिबार राति अबेरसम्म काठमाडौँबाट आएका साहित्यकारहरुले कविता, गजल, मुक्तक, कथा लगायतका साहित्यिक रचना बाचन गरेका थिए । यसै गरी रामेछाप जिल्लाका श्रष्ठाहरु डाक्टर सुमन कर्माचार्य लगायतले पनि कविता बाचन गरेका थिए ।
नेपाली साहित्य र समाज सेवाका अग्रणी जगदीश घिमिरेको २०७० साल कात्तिक १४ गते माइलोमा नामक क्यान्सरको कारण ६८ वर्षको उमेरमा मृत्यु भएको थियो ।
उनको सम्झनामा जगदीश घिमिरे प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय स्तरका साहित्यकारहरु समेतको उपस्थितमा मन्थलीमा साहित्य सभा गर्ने गर्दछ । साहित्य सभाको यो चौथो संस्करण हो ।
साहित्यकार घिमिरेको अन्तरमनको कथा नामक कृतिले मदन पुरस्कार जितेको थियो ।
यसैगरी उनको अन्तिम कृति सकसले पनि निक्कै ख्याति कमाएको छ । यस बाहेक साविति, लिलाम लगायतका उनका कृतियहरु निक्किै चर्चामा रहेका छन् । नेपाल खबर पत्रिकामा छापिन उनको स्थम्भले राजनीतिक विश्लेषणमा निक्कै चर्चा कमाएको थियो ।
नेपालको सामाजिक परिवर्नमा पनि उनको उल्लेख्य योगदान रहेको छ । गैर सरकारी संस्था महासंघ नेपालका संस्थापक अध्यक्ष समेत रहेका घिमिरेले तामाकोसी सेवा समिति नामक संस्था स्थापना गरि रामेछापमा स्वास्थ्य, शिक्षा, सरसफाई र खानेपानीको क्षेत्रमा उल्लेख्य काम गरेका छन् ।
जिल्लामा खानेपानी योजना निर्माण र शौचालय निर्माणमा संस्थाको उल्लेख्य भूमिका रहेको छ । उनैले स्थापना गरेको तामोकोसी सेवा समितिले स्थापना गरेको तामाकोसी सहकारी अस्पताल अहिले देशकै नमुना सहकारी अस्पताल बनेको छ ।
प्रतिक्रिया 4