Comments Add Comment

रुघाखोकीमा कस्तो औषधी खाँदै हुनुहुन्छ ?

अहिले काठमाडौं लगायत देशभरको तापमान घटेको छ । तराईमा शीतलह सुरु भइसकेको छ । मौसमविद्हरु भन्दैछन्, जाडो अझै बढ्नेछ । मौसमी प्रणालीकै कारण न्यूनतम तापमान घटेकाले चिसो बढेको हो । कठ्यागि्रने चिसोको कारण रुघा, निमोनियाको समस्या पनि बढ्ने भय छ ।

मौसममा आएको परिवर्तनका कारण जाडो मौसममा रुघाखोकी, ज्वरो लगायतको संक्रमण हुने गर्छ । यस्तो समस्याको घरेलु उपचार पनि खोज्न सकिन्छ । जस्तो कि, तातो पानी खाने, न्यानो कपडा लगाउने ।

– रुघा सामान्यत साता दिनमा आफै ठिक हुन्छ ।

– रुघाबाट जोगिन न्यानो लुगा लगाउने, घर कोठाक न्यानो बनउने ।

– तातो पानी वा तातो झोलयुक्त खानेकुरा पर्याप्त खाने ।

– अदुवा पानीमा मह मिसाएर सेवन गर्न सकिन्छ ।

– तातो पानीको बाफ लिनुपर्छ ।

तर, त्यस्ता उपचारले पनि रोग ठीक नभएको अवस्थामा भने औषधीको प्रयोग गर्नुपर्छ । सकेसम्म एन्टिबायोटिक लिनु राम्रो । रुघा सामान्यत एक सातामा आफै ठिक हुन्छ । यद्यपी त्यसले थप जटिलता ल्याउने भए औषधीद्वारा यसको निदान खोज्नुपर्छ ।

औषधीबारे हाम्रो समाजमा उति गहन जानकारी छैन । औषधी भन्नसाथ जे दिन्छ, त्यही खाने गरिन्छ । औषधीको मात्रामा पनि ध्यान दिइदैन । जबकी यसले स्वास्थ्यमा थप जटिलता ल्याउन सक्छ । त्यसैले कुनैपनि समस्यामा सही औषधी छनौट गर्न सक्नुपर्छ ।

औषधी चिकित्सकको सल्लाह एवं परामर्शमा मात्र सेवन गर्नु राम्रो हो । मनोमानी ढंगले औषधी किन्ने र प्रयोग गर्ने प्रवृत्ति राम्रो होइन । जस्तोसुकै अवस्थामा एन्टिवायोटिक चलाउने बानी पनि धेरैसँग हुन्छ । त्यसैले औषधी प्रयोग गर्नुअघि केहि कुरा ख्याल गर्नुपर्छ ।

औषधी पसलहरुमा पाइने यस्ता औषधीहरुलाई तीन भागमा विभाजन गरिएको छ ।

 नियमित ड्रग

चिकित्सकको सल्लाह बमोजिम सेवन गरिने नियमित औषधी

प्रेस्क्राइबम्ड ड्रग (एन्टीबायाटिक्स)

प्रस्क्राइब औषधीमा मुख्यतयः एन्टीबायोटिक्सहरु पर्दछन् । यस्ता एन्टीबायोटिक्स चिकित्सकको सल्लाह बमोजिममात्र सेवन गर्नु पर्दछ ।

‘ओभर द काउन्टर’ ड्रग

‘ओभर द काउन्टर’ ड्रगलाई आवश्यक्ता पर्दा प्रयोग गरिने औषधी पनि भन्ने गरिन्छ । जुन आवश्यक्ता परेको बेला माग अनुसार खाइने गरिन्छ ।
तर नेपालको सन्दर्भमा भने रुघाखोकी लाग्दा प्रयोग गरिने औषधीहरु प्राय चिकित्सकको परामर्श विना नै सेवन गरिदै आएको छ ।
जबकी रुघाखोकीमा रोगको प्रकृति अनुसार औषधी सेवन गर्न जरुरी छ ।

रुघाखोकीमा एन्टीबायोटिक्सको प्रयोग

 

शरीरमा हुने जतिपनि रोग छन्, कुनै न कुनै किटाणुका कारण हुने गर्छ । किटाणु भनेको भाइरस, ब्याक्टेरिया तथा फंगस हुन् । शरीरमा जब कुनै संक्रमण ब्याक्टेरियाका कारण हुन्छ भने त्यसलाई व्याक्टेरियल संक्रमण भन्ने गरिन्छ ।

शरीरमा व्याक्टेरियल संक्रमण भएमा एन्टीबायोटिक्सको प्रयोग गर्नु पर्दछ । किनकी एन्टीबायोटिकले काम गर्ने क्षेत्र भनेकै व्याक्टेरियाको क्षेत्र हो ।
त्यसैले, यदी, शरीरमा व्याक्टेरियाको संक्रमणका कारण रुघाखोकी लागेको छ भने त्यस्तो अवस्थामा एन्टीबायोटिक्सको प्रयोग गर्नु आवश्यक छ । अन्यथा भाइरसको संक्रमणका कारण रुघाखोकी लागेको खेडमा खोकी रोक्ने औषधीहरुको प्रयोगद्धारा पनि रोग निको पार्न सकिन्छ ।

सामान्य भाइरसका कारण रुघाखोकी लागेमा एन्टीबायोटिक्सको प्रयोग नगर्नु नै उचित हुन्छ किन की भाइरल संक्रमणका कारण हुने रुघाखोकीमा एन्टीबायोटिक्सले काम गर्दैन । त्यसमा पनि एन्टीबायोटिक्सले व्याक्टेरियामा मात्र काम गर्ने हुदाँ नेपालमा सम्भवत   चिकित्सकको सल्लाह विना नै यस्ता एन्टीबायोटिक्सहरु प्रयोग हुने गरेको छ ।

नेपालमा मात्र नभई एन्टीबायोटिक्सको गलत प्रयोगका कारण संसारमै यसबाट हुने ठूलो जोखिम देखा परेको छ ।

अर्को भाषा, प्रयोग गर्दा पहिले पहिले एन्टीबायोटिक्सको प्रयोग नहुदाँ मानिसहरुलाई रोगका जोखिम हुने गर्थ्यो भने अहिले एन्टीबायोटिक्स रेजिस्टेन्सका कारण मानिसहरुमा विभिन्न रोगको जोखिम देखापर्नुका साथै कुनै पनि एन्टीबायाटिक्सले काम नै नगर्ने देखिन्छ ।

त्यसैले, सानोतिनो रुघाखोकीमा सकेसम्म एन्टीबायोटिक्सको प्रयोग नगर्न तथा गर्नै परे चिकित्सकको सल्लाह बमोजिममात्र एन्टीबायोटिक्सको प्रयोग गर्नु आवश्यक हुन्छ ।

ब्याक्टेरियल संक्रमण र भाइरल संक्रमण

शरीरमा ब्याक्टेरिया अर्थात जिवाणुको संक्रमण भएमा रुघाखोकीको साथमा ज्वरो आउने गर्दछ । साथै ल्याब जाचका क्रममा अरु नतिजाहरु देखिने गर्छ । सोही जाचमार्फत उक्त रुघाखोकी जिवाणुका कारण हो वा भाइरल भन्ने पत्ता लाग्ने हुदाँ रुघाखोकीको समस्या भएमा चिकित्सकको सल्लाह बमोजिम मात्र औषधीको सेवन गर्नु पर्छ ।

ब्याक्टेरियल संक्रमण भएमा खोकी लाग्ने, घाटी दुख्ने, थुक निल्न गार्‍हो हुने, सामान्य ज्वरो आउने लगायतका लक्षणहरु देखा पर्ने गर्छ । साथै, रगत जाँचका क्रममा पनि केही परिवर्तनहरु देखा पर्न गर्दछ ।

जबकी भाइरल संक्रमण निश्चित भाइरसका कारण हुने भएकोले यस्ता संक्रमण दुई/चार दिनमा आफै निको भएर जाने गर्दछ । यस्तोमा तातो पानी खान, चिसोबाट बचाउने, अत्याधिक मात्रामा झोलिलो पदार्थको सवन गर्ने, न्यायो कपडा लगाउने नै एक मात्र उपचार हो । त्यसबाहेक, कफ निकाल्ने औषधी, खोकी कम गर्ने औषधीको प्रयोगद्धारा पनि यस्ता संक्रमण निको पार्ने गरिन्छ ।

उपचार विधि

जाडो महिनामा धेरैमा देखिने सामान्य रुघाखोकीको समस्या भाइरल संक्रमणका कारण हुने भएकोले यस्तो समस्या आफै निको भएर जाने गर्छ । तर यस्तो समस्या भाइरलका कारण नभई व्याक्टेरियाका कारण छ भने त्यस्तो बेला भने चिकित्सकको सल्लाह अनुसार नै ब्याक्टेरियाको औषधी खानु पर्ने हुन्छ ।

 त्रि.वि. शिक्षण अस्पताल महारजगञ्जका फर्माकोलोजिष्ट डा. सतिस देवसँगको कुराकानीमा आधारित  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment