+
+

माबु हत्याकाण्डः ९ वर्ष वित्यो, पत्ता लागेनन् हत्यारा

सटेन्द्र जबेगु सटेन्द्र जबेगु
२०७४ माघ ८ गते १२:३४

८ माघ, इलाम । सिंगो देश नयाँ वर्षको स्वागतमा झुमिरहेको थियो । त्यसमा इलाम पनि अछुतो रहेन । तर, माबु गाविस–७, धुँवाखोलाको गुरुङ परिवारका ३ जनालाई खुकुरी प्रहार गरी समुहिक हत्या गरिएपछि जिल्लामा सन्नाटा छायो ।

यो घटना १ बैशाख २०६६ हो । जिल्लाभर सनसनी मच्चाएको यो घटना भएको अहिले ९ वर्ष वितिसकेको छ । तर, हत्यारा अझै पत्ता लाग्न सकेको छैनन् ।

घटनामा पूर्णकुमारी गुरुङ्ग, दाजु गुञ्जमान गुरुङ्ग र भेना मोतीलाल गुरुङ्गको ज्यान गएको थियो । घटना लगत्तै प्रहरीले मृतकका केही आफन्तलाई पक्राउ गर्‍यो । तर, अनुसन्धानको क्रममा उनीहरुको संलग्नता नदेखिएको भन्दै छोड्यो ।

अहिलेसम्म माबु हत्याकाण्ड रहस्यकै गर्भमा सीमित छ । प्रहरीले गम्भीर ढंगले अनुसन्धान नगरेकै कारण हत्यारा पत्ता नलागेको स्थानीय दाबी गर्छन् ।

‘प्रहरीले घटना भएलगत्तै दाजुहरुलाई हिरासतमा लिएर अनुसन्धान गरे पनि प्रमाण नपुगेपछि छुटे’, सन्दकपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष वर्तमान गुरुङ्ग भन्छन्, ‘थप अनुसन्धान नहुँदा सामुहिक हत्याकाण्ड रहस्यमय नै छ ।’

घटनाको अनुसन्धानमा प्रहरी प्रशासनले गम्भिरता नदेखाउँदा हत्यारा पत्ता नलागेको र यसले अप्रत्यक्ष रुपमा त्रासको मनोविज्ञान सिर्जना गरेको स्थानीयको बताउँछन् ।

हत्यारा पत्ता नलागेपछि प्रहरीले फाइल बन्द गरेको छ । सर्वसाधारणको हत्या भएकैले प्रहरीले अनुसन्धान टुङ्गोमा नपुर्‍याएको आरोप स्थानीयको छ ।

‘हामीले यो घटनाको दोषी पत्ता लगाउनु पर्छ भनेर प्रहरी प्रशासनलाई भन्यौं, दुई वर्षसम्म प्रहरीले घटनालाई फलोअप गरेपनि त्यसपछि प्रहरीले अनुसन्धानलाई रोक्यो’, माबु गाविसका पूर्व अध्यक्ष ढालबहादुर गुरुङ्गले अनलाइनखबरसँग भने, ‘यसले गर्दा गाउँ नै शसंकित हुनुपर्ने अवस्था आएको छ ।’

इलामका एसपी विपिनकुमार कर्माचार्यले भने आफूले त्यो फाइल खोलेर अनुसन्धान अघि बढाउने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?