+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वाम सरकारले मधेस मुद्दा सम्वोधनमा जोड दिनेछ: प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १२ गते १०:४१

१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको सरकारले मधेसका मुद्दालाई सम्वोधन गर्ने कोशिस गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताहरुलाई शुक्रबार बिहान पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘हामी मधेसलाई सम्बोधन गर्ने कोशिसमा छौं । मधेसलाई विकास र समृद्धि चाहिएको छ, वामपन्थी सरकारले त्यसमा जोड दिनेछ ।’

उनले सबै कुरा शान्तिपूर्ण रुपमा र संविधानको दायराबाट पूरा गर्न सकिने प्रचण्डले बताए । देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै प्रचण्डले त्यसका लागि प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, ‘हामीले राजनीतिक क्रान्ति धेरैपटक गर्‍यौं, अब आर्थिक क्रान्ति र समृद्धिको यात्रामा अघि बढ्नुछ, त्यसका लागि तपाईंहरु जस्ता प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुन्छ ।’

कार्यक्रममा माओवादी केन्द्रका नेता प्रभु साहले मधेसमा विद्यमान विभेदको सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताए ।

पार्टी प्रवेश गर्दै राजपाको विद्यार्थी संगठनका महासचिव चन्द्र भुषण साहले माओवादी पार्टी नै मधेसी जनताको अधिकारको पक्षमा लड्ने पार्टी भएकाले आफूहरु पार्टी प्रवेश गरेको र निरन्तर क्रियाशील हुने बताए ।

पार्टी प्रवेश गर्नेहरुमा महासचिव साहसहित तमलोपाका पूर्व विद्यार्थी उपाध्यक्ष अजित पप्पु यादव, राजपाका विद्यार्थी सचिव ज्ञानकुमार कुशवाहा, मधेसी विद्यार्थी समाजका कोषाध्यक्ष बसन्त ठाकुर, राजपाका विद्यार्थी नेताहरु आशिष देव, दीपेन्द्र साह, बरुण निसाद, खुसीलाल यादव, ज्ञानु यादव, सरोज यादव, सोनित ढुङ्गेल, अमन श्रेष्ठ, निरज कुशवाहा, गायिका सोलिना कुंवर, संगीतकार सन्तोष राज लगायत छन् । पार्टी प्रवेश गर्नेहरु अधिकांश इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?