१ फागुन, बनेपा । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेकपा एमालेसँग पार्टी एकतापछि जनताको बहुदलीय जनवाद र माओवाद दुवै पथ प्रदर्शक सिद्धान्तको रुपमा रहने बताएका छन् ।
मंगलबार प्रेस सेन्टर काभ्रेले आयोजना गरेको अन्तक्रिर्यामा उनले जबज र माओवादको अन्तिम विन्दु एउटै भएकाले कुन मान्ने वा नमान्ने भन्ने समस्या नहुने बताएका हुन् ।
‘त्यस्तो कुनै विषयमा अन्तरविरोध भए महाअधिवेनबाट टुङ्गो लगाउने हो, भोलि वा पर्सी नै पार्टि एकता हुन्छ, कहिँ कतैबाट जे सुनिए वा बुझिए पनि त्यसको पछि नलाग्नू’ उनले भने ।
नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षहरुबीच सबै विषयमा सहमति भइसकेको भन्दै पार्टी एकताको विषयमा कुनै भ्रम नरहेको पनि उनले दाबी गरे ।
‘कुनै समस्या छैन, न पदको समस्या छ, न त सिद्धान्त नै, एकताको सुई नरोकिने गरी अगाडि बढिसक्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4