२ फागुन, जनकपुर । प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टीका सरोजकुमार यादव निर्वाचित भएका छन् ।
प्रदेश २ को बुधबार बसेको बैठकले यादबलाई सभामुखमा चयन गरेको हो ।
राजपाका संसदीय दलका नेता जितेन्द्रप्रसाद सोनारको प्रस्ताव तथा संघीयसमाजवादी फोरम नेपालीका संसदीय दलका नेता तथा मुख्यमन्त्री लालबाबु राउतको समर्थनमा सरोजकुमारले उम्मेदवारी दिएका थिए ।
सभामुख पदमा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार राजपाको तर्फबाट यादव सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
सभामुख चयन भएपछि यादवले अबको बाटो चुनौतीपूर्ण रहेको भन्दै सबैदललाई मिलाएर अघि बढ्ने नयाा जिम्मेवारी पूरा गर्ने बताए ।
बैठकले उपसभामुखको निर्वाचन भने फागुन ४ गतेको लागि तोकेको छ । फोरम र राजपावीच भएको सहमति अनुसार उपसभामुख फोरमलाई दिने सहमति भएको छ ।
उपसभामुखको उम्मेदवार संघीय फोरमले अझै टुंगो लगाइसकेको छैन ।
प्रतिक्रिया 4