+
+

‘विचारको उज्यालो’ खोज्न बाबुराम भट्टराई लुम्बिनीमा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ९ गते १६:३६
फाइल फोटो

९ फागुन, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको चौथो विस्तारित बैठक बुधबार लुम्बिनीमा सुरु भएको छ । बैठकको उद्घाटन गर्दै संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले लुम्बिनीबाट वैचारिक उज्यालो प्राप्त गरेर कार्यक्षेत्रमा फर्कने बताए ।

‘विश्वले नयाँ विचारको उज्यालो खोजिरहेको छ । जसरी अन्धकारको युगमा गौतम बुद्धले लुम्बिनीमा जन्मिएर विश्वभरी ज्ञानको उज्यालो छर्नुभयो, हामी लुम्बिनीबाट नयाँ विचारसहित नयाँ संकल्प गरेर कार्यक्षेत्रमा जान्छौं’ उनले भने ।

संयोजक भट्टराईले विश्व नै वैचारिक संकटबाट ग्रुज्रिरहेकोले बुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्नेमा जोड दिए । ‘भारतमा पनि हिन्दू अतिवादी दक्षिणपन्थी शक्ति सल्बलाइरहेको छ । चीनमा पनि वैचारिक संकट छ । अमेरिकामा डोनाल्ड ट्रम्प पनि उल्टो बाटो हिंडिरहेका छन्,’  उनले भने, ‘हामीले फेरि एउटा आँट गरेका छौं, हामी यसको नेतृत्व गर्न सक्छौं ।’

संयोजक भट्टराईले नयाँ शक्तिमा पनि धेरै नेताहरु राजपाठ छाड्दै त्याग गरेर यो अभियानमा जोडिएको दाबी गरे ।

नयाँ शक्ति रातारात बन्छ भन्ने भ्रम आफूले दिन नचाहेको बताउँदै संयोजक भट्टराईले पुराना शक्तिहरु आफैंभित्र समस्याग्रस्त भएकोले वैकल्पिक शक्ति तेस्रो ध्रुवको रुपमा उदाउने निश्चित भएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?